काठमाडौं । पर्साका दुईजना पत्रकारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ।
नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।
आज पर्सामा मात्र ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर गरी ५७ जना पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । यसमध्ये ३३ जना उपचारपछि निको भई घर फर्किसकेका छन् ।