अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै सवारी पास रद्द

-


     मर्दी न्युज    
     ३० बैशाख २०७७ मा प्रकाशित


काठमाडौं, ३० वैशाख । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै अस्थायी सवारी पास रद्द गरेको छ ।

विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

गृह मन्त्रालयका अनुसार देशमा कोरोना संक्रमितको संख्या बढेसँगै बिहीबारबाट लागू हुने गरी सो निर्णय भएको हो । यसअघि कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।