एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसका कारण सर्जित आर्थिक अवस्था सुधार्न आर्थिक प्याकेजको घोषणा गरेको छ ।
मंगलवार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै २० लाख करोडको आर्थिक प्याकेजको घोषणा गरेको हो । आत्मनिर्भर भारत अभियान नारा सफल पार्न र देशलाई नयाँ गति दिन आर्थिक प्याकेजको घोषणा गरिएको मोदीले सम्बोधनमा बताएको छ ।
यसैगरी भारतमा मे १८ देखि चौथो चरणको लकडाउन सुरु हुने पनि बताए । प्रधानमन्त्री मोदीले चौथो चरणको लकडाउन पूर्ण प्रतिबन्ध नभई सामाजिक दुरी कायम गरी सञ्चालनमा आउने बताए ।
चौथो चरणको लकडाउनबारे मे १८ भन्दा पहिले नै यसको नियमवारे जानकारी गराउने पनि उनले बताए । प्रधानमन्त्री मोदीले सम्बोधनमा कोरोना भाइरस लामो समयसम्म रहने हुँदा पूर्ण प्रतिबन्ध गरी आप्mनो लक्ष्यलाई बन्धक बनाउन नसकिने बताए ।