पोखरा । नेपालमा मंगलवार साँझ थप २६ जना मानिसमा कोरोना संक्रमितको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पर्साका २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ६१, ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
यसैगरी महोत्तर जिल्लाको १६ र ३५ वर्षीय पुरुष, धनुषाका २० वर्षीय महिला र ४० वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीय महिला र २७ वर्षीय पुरुषमा, काठमाडौंका ३३ वर्षीय महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलवार मात्रै कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ जना र बारा जिल्लामा १ जनामा कोरोना संक्रमितको पुष्टि भएको थियो । मंगलवार एकै दिन नेपालमा ८३ जना काेराेना संक्रमितको पुष्टि भएको हो ।