आज धौलागिरी आरोहण दिवस, पर्वतारोहणको इतिहासमा महत्त्वपूर्ण दिन

-


     मर्दी न्युज    
     ३१ बैशाख २०७७ मा प्रकाशित


पोखरा, वैशाख ३१ गते । विश्वका आठहजार मिटर भन्दा अग्ला १४ वटा हिमचुचुरोहरु मध्ये सातौं स्थानमा रहेको धौलागिरी (८१६७ मि.) नेपालको गण्डकी प्रदेश अन्तर्गत म्यादी जिल्लामा पर्छ । तिब्बत (चीन) सङ्ग सिमाना नजोडिएका आठहजार मिटरभन्दा अग्लो शिखर मध्ये यो नै सबैभन्दा अग्लो शिखर हो ।

पवित्र कालीगण्डकी नदीको पश्चिममा अवस्थित यो चुचुरो सन् १९६० को मे महिना को १३ तारीख (आजकै दिन) स्विस – अस्ट्रीयन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका कुर्त दिएमबर्गर, पिटर दिएनर, आर्नस्ट फोरेर, अल्बिन स्केल्बर्ट, निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए ।

१९५० देखि १९६० को बीचमा आठहजार मिटर भन्दा अग्ला सबै चुचुरोहरुमा मानव पाइलाहरु पुगेका थिए । ती मध्ये धौलागिरी नै अन्तिम चुचुरो थियो । यो आरोहण दलको लागि चाहिने अधिकांश सामान सानो जहाजबाट लुकेको उपत्यका (ज्ष्ममभल ख्बििभथ) मा झारिएको थियो । पछी त्यो जहाज उड्ने बेलामा उक्त उपत्यकामै दुर्घटनामा परेको थियो । सो जहाजको भग्नावशेष अहिलेपनि देख्न सकिन्छ ।

तस्विरः शेषकान्त शर्मा

यस्ता अनेकौं कारण र ऐतिहासिक महत्व बोकेको हिमाल आरोहणको हिरक महोत्सव (६०औं वर्ष) को अवसरमा हाम्रा सम्पूर्ण पाठकहरु, हिमालप्रेमीहरु, शुभ चिन्तकहरु, पर्यटन व्यवसायीहरु, आरोहिहरु तथा मजदुरहरुमा हार्दिक शुभकामना टक्राउन चाहन्छौं ।