काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज ११ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको वैठक स्थगित भएको छ। धुम्बराहीमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको सूचना प्राप्त भएको एक नेताले बताए ।
उपत्यकामा फेरि कोरोना संक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको एक नेताले बताए । मंगलवार भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।
नेकपाको अर्को बैठकको मिति भने तोकिएको छैन ।