काठमाडौं । लतिलपुरको निदान अस्पताल तथा आरोग्य फाउण्डेशनको भवनलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले सिल गरेको छ ।
कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।