कपिलवस्तुमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय १९ पुग्यो

-


     मर्दी न्युज    
     ३१ बैशाख २०७७ मा प्रकाशित


पोखरा । कपिलवस्तु ५ निवासी २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । आजै नेपालगञ्जका ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यसैगरी हिजो मंगलवार मात्र विभिन्न जिल्लाका गरी ८३ जनामा कोरोना संक्रमितको पुष्टि भएको थियो । संक्रमितहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।