पोखरा । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
संक्रमितहरुमध्ये रुपन्देहीका १२ जना रहेका छन् । रुपन्देहीका ९ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण भेटिएको हो । यसैगरी कपिलवस्तुको ८ जना पुरुषहरु, पर्साका २ पुरुष र एक महिला तथा नवलपरासीका एक पुरुषमा कोरोना संक्रमिणको पुष्टि भएको हो ।