पोखरा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४३ लाख ४२ हजार नाघेको छ । बिहीबार बिहानसम्म संक्रमितको संख्या ४३ लाख ४३ हजार २६९ जनामा पुष्टि भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै अमेरिकामा १३ लाख ९० हजार २५० जनामा संक्रमणको पुष्टि भइसकेको छ । त्यस्तै अमेरिका पछि रसियामा २ लाख ४२ हजार २७१, बेलायतमा २ लाख ३० हजार ९८६, स्पेनमा २ लाख २८ हजार ६९१ र इटलीमा २ लाख २२ हजार १०४ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।
त्यस्तै कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या झण्डै तीन लाख पुग्न लागेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार बिहीबार बिहानसम्म २ लाख ९६ हजार ७८४ पुगेको छ । सबैभन्दा धेरै ज्यान गुमाउनेमा पनि अमेरिकामै छन् । अमेरिकामा ८४ हजार १०६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । त्यस्तै अमेरिका पछि सबैभन्दा धेरै ज्यान गुमाउनेमा बेलायत पुगेको छ । बेलायतमा हालसम्म ३३ हजार २६४ जनाले कोरोना कारण ज्यान गुमाएको छ ।
यसैगरी इटलीमा ३१ हजार १०६, स्पेनमा २७ हजार १०४ र फ्रान्समा २७ हजार ७७ जना कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
विश्वभर १५ लाख ४७ हजार २९४ जना उपचार पछि निको भइ घर फर्किसकेका छन् ।
नेपालमा बुधवार थप २६ जनामा थप संक्रमणको पुष्टि भएसँगै यो संख्या २४३ पुगेको छ । मंगलवार हालसम्म एकैदिन सबैभन्दा धेरै ८३ जनामा संक्रमणको पुष्टि भएको थियो । कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितहरु सबै सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।