नेपालमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो

-


     मर्दी न्युज    
     १ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १ जेठ । नेपालमा थप दुई जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।