थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

-


     मर्दी न्युज    
     १ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १ जेठ । नेपालमा थप ५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक सर्लाहीका ४५ वर्षीय पुरुष, जनकपुर धनुषा नगरपालिकाका ४० वर्षीय र मिथिला नगरपालिकाका २० वर्षीया महिला र महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

यसअघि कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।