![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/05/kaski-police-office.jpg?fit=960%2C720&ssl=1)
पोखरा, १ जेठ । लकडाउनका बेला वैशाख महिनामा पोखरामा चोरीका ९ वटा घटना भएका छन् ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपि दानबहादुर कार्कीले मासिक प्रेस विफिङ ९ वटा चोरीका घटना भएको बताए । गत चैत महिनामा शुन्यमा रहेको चोरीका घट्ना वैशाखमा ९ वटा घटना भएको हो ।
त्यसैगरी कास्की जिल्लामा विभिन्न ८५ वटा मुद्दा दर्ता भएका छन् । उनका अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, अभद्र गरी ११ वटा, लागू औषध ३ वटा, जबरजस्ती करणी ५, जबरजस्ती करणी उद्योगअनुसार १, बाल यौन दुरुपयोग १, ज्यान मार्ने उद्योग४, कर्तव्य ज्यान २, बैंकिङ कसुर ६, आत्महत्या १०, जुवातास ६ लगायतका विभिन्न १७ शीर्षकका गरी ८५ वटा मुद्दा भएको छ ।
कतिपय घटनामा संलग्नलाई पक्राउ गरि सकेको र केही पत्ता लगाई पक्राउ गर्ने क्रममा रहेको बताए ।
त्यसैगरी वैशाख महिनामा ४०० जना ट्राफिक कारवाहीमा परेका छन् । लकडाउनको समयमा पासको दुरुपयोग गरेका २ सय ७३ वटा सवारी साधनलाई कारवाही गरेको उनले बताए ।