शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

-


     मर्दी न्युज    
     १ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना (भाइरस कोभिड–१९) संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यारत ३८ चिकित्सक र नर्सहरूलाई आइसोलेसनमा राखिएको छ । साथै सो वार्डमा उपचार गराइरहेका पाँच जना बिरामीलाई पनि आइसोलेसनमा राखिएको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत कविलवस्तुककी ६ बर्षिय बालिकाको कोरोना परीक्षणमा पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। त्रिवि शिक्षण अस्पतालमा बालिकाको उपचाररत टिममा खटिएको सम्पूर्ण चिकित्सक टोलीलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए।