कर्मा फ्लाइट्स फाउन्डेसनद्वारा बागलुङ जिल्लामा राहत बितरण

-


     मर्दी न्युज    
     १ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १ जेठ । बागलुङ जिल्लाको निसीखोलाका कोरोना प्रभावित गरिब, असाहय र अपाङ्गता भएका नागरिकहरुलाई पोखरा–६, लेकसाइड, खहरेस्थित कर्मा फ्लाइट्स फाउन्डेसनले राहत सामाग्री उपलब्ध गराएको छ ।

फाउण्डेशनले निसीखोला गाउँपालिका वडा नं. २ अर्नाकोटका ९० घरधुरीलाई राहत स्वरुप खाद्यान्न सामाग्री उपलव्ध गराएको हो ।

फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेम कुँवरका अनुसार, अर्नाकोट माध्यमिक विद्यालयको सेवा क्षेत्र भित्र बसोबास गर्ने उनिहरुलाई प्रति परिवार ३० केजी चामल, १ केजी नुन, १ केजी दाल, आधा लिटर खाने तेल गरी झण्डै १ लाख ५४ हजार २ सय ५५ रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको हो । राहत सामाग्री आज वडा कार्यालयको रोहबरमा एकद्धार प्रणालीबाट वितरण गरिएको जनाइएको छ ।

सामाजिक क्रियाकलापमा सक्रिय फाउण्डेशनले कोरोना भाईरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका गरिव, मजदुर तथा अति विपन्नहरुलाई सहयोग पु¥याउने उद्धेश्यले राहत सामाग्री वितरण गरिएको जनाएको छ ।

वडा अध्यक्ष कुविर विश्वकर्माको विशेष उपस्थीतीमा राहत सामाग्री प्रभावितहरुलाई वितरण गरिएको हो । राहतवितरण कार्यक्रममा अर्नाकोट माध्यमिक विद्यालयका प्रअ बेगबहादुर कुँवरसहित स्थानीय समाजसेवी, बुद्धिजीवीहरुको विशेष उपस्थिति रहेको थियो ।