काठमाडौं । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयले खारेज गरेको छ ।
जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो ।
कोरोना संक्रमण दर बढेपछि मन्त्रालयले आवातजावतमा कडाई गर्न जेठ १ गतेदेखि अन्तरजिल्लाका लागि दिइएका इपास र अन्य पास रद्द गर्ने निर्णय गरेको थियो ।
गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज गरिदिएको बताए ।
अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए ।