पोखरा, २ जेठ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । शुक्रवार बिहानसम्म कोरोनाका कारण ३ लाख २ हजार ११५ जनाको मृत्यु भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सबैभन्दा धेरै अमेरिकामा ८५ हजार ८८४ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । यसैगरी बेलायतमा ३३ हजार ६९३, इटलीमा ३१ हजार ३६८, फ्रान्समा २७ हजार ४२८ तथा स्पेनमा २७ हजार ३२१ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख ३८ हजार ३७१ मा पुष्टि भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १४ लाख १७ हजार ३५० जनामा पुष्टि भइसकेको छ ।
यसैगरी रुसमा २ लाख ५२ हजार२४५, बेलायतमा २ लाख ३४ हजार ४४०, स्पेनमा २ लाख २९ हजार ५४०, इटलीमा २ लाख २३ हजार ९६ तथा ब्राजिलमा २ लाख २ हजार ९१८ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
विश्वभर १५ लाख ८६ हजार २५७ जना उपचार पछि निको भइ घर फर्किसकेका छन् ।