थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो

-


     मर्दी न्युज    
     २ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, २ जेठ । नेपालमा शुक्रवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा मकवानपुर तथा बाँकेका गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

मकवानपुरका ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नं. वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा संक्रमण भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।