सकियो नेकपा सचिवालय बैठक, स्थायी समितिबारे छलफल भएपनि मिति तोकिएन

-


     मर्दी न्युज    
     २ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रमलगायत विभिन्न विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बैठकमा सुझाव माग गरेको र आफूहरुले सुझाव दिएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा छलफल भए पनि अर्को मिति तय नभएको श्रेष्ठले बताए ।