काठमाडौं । सरकारको आगामी कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएकी हुन् ।
कोरोनाले अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसलाई पुनरुत्थानका लागि सरकारको प्राथमिकता रहने सरकारको नीति तथा कार्यक्रममा रहेको छ । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गरेकी छन् ।