पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) चीनमा भन्दा भारतमा धेरै संक्रमित भएको छ ।
उद्गम राष्ट्र चीनमा शनिवार बिहानसम्म ८४ हजार ३१ जनामा संक्रमणको पुष्टी भएको छ भने भारतमा ८५ हजार ७८४ जनामा संक्रमणको पुष्टि भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बढी संक्रमित राष्ट्रहरुको सूचिमा भारत ११ औं स्थानमा छ भने चीन १३ औं स्थानमा छ । भारतमा कोरोनाबाट २ हजार ७ सय ५३ जनाले ज्यान गुमाइसकेको छ । कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३७ छ ।
शनिवारसम्म विश्वभर ४५ लाख ३४ हजार ६७३ जना संक्रमित हुँदा ३ लाख ७ हजार १०८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।