कोरोना कहरः विश्वभर ४६ लाख २४ हजार बढी संक्रमण, ३ लाख ८ हजारबढीको मृत्यु

-


     मर्दी न्युज    
     ३ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ३ लाख ८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । शनिवार बिहानसम्म विश्वभर गरी कोरोनाका कारण ३ लाख ८ हजार ४ सय ५० जनाले ज्यान गुमाएको वल्र्डोमिटरको तथ्यांक छ ।

कोरोना भाइरसबाट विश्वभर गरी हालसम्म ४६ लाख २४ हजार ३४ जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १४ लाख ८४ हजार २८५ जनामा पुष्टि भैसकेको छ भने संक्रमणबाट अमेरिकामा ८८ हजार ५०७ जनाले ज्यान गुमाएको छ ।

त्यस्तै स्पेनमा २ लाख ७४ हजार ३६७ जनामा कोरोना संक्रमित हुँदा २७ हजार ४५९ जनाले ज्यान गुमाएको छ ।

यसैगरी विश्वभर धेरै संक्रमित राष्ट्रको संख्यामा तेस्रो स्थानमा रसिया छ । रसियामा हालसम्म २ लाख ६२ हजार ८४३ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यसैगरी बेलायतमा २ लाख ३६ हजार ७११, इटलीमा २ लाख २३ हजार ८८५ तथा ब्राजिलमा २ लाख १८ हजार २२३ जनामा पुष्टि भइसकेको छ ।

कोरोनाका कारण अमेरिका पछि धेरै ज्यान गुमाउनेको संख्या बेलायतमा पुगेको छ । बेलायतमा हालसम्म कोरोनाका कारण ३३ हजार ९९८ जनाले ज्यान गुमाइसकेको छ । यस्तै इटलीमा ३१ हजार ६१० तथा फ्रान्समा २७ हजार ५२९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ भने कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: