पोखरा, ३ जेठ । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महोत्तरी र काभ्रेमा कोरोना संक्रमित भएको पुष्टि गरे ।
प्रवक्ता देवकोटाका अनुसार काभ्रेका २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै संक्रमितको संख्या २७८ पुगेको देवकोटाको भनाइ छ । २२४ पुरुष संक्रमित छन् भने ५४ महिला छन् । ३६ जनाको भने डिस्चार्ज भएको छ । ३२० जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।