मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ आशंका

-


     मर्दी न्युज    
     ३ जेष्ठ २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोना संक्रमणले मृत्यु भएको आशंका गरिएको छ ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएपछि बिहीबार साँझ नै उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो ।

अनुसन्‍धान गर्दै स्वास्थ्य मन्‍त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयको नियमित प्रेस सम्मेलनमा मृत्युभएकी महिलाको बारेमा कोरोनाका कारण मृत्यु भए नभएको विषयमा थप अनुसन्धान सुरु जनाएको छ ।

उनले कारण निश्चित भएपछि मन्त्रालयले आधिकारीक रुपमा सूचना सार्वजनिक गर्ने प्रष्ट पारे।  महिलाको मृत्यु कोरोना भाइरसका कारण भए नभएको अध्ययन भइरहेको देवकोटाले जनाएको छ ।