भारतमा लरी दुर्घटना, घर फर्किन लागेका २४ कामदारको मृत्यु

-


     मर्दी न्युज    
     ३ जेष्ठ २०७७ मा प्रकाशित


एजेन्सी । भारतको उत्तर प्रदेशस्थित औरैयामा लरी दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते भएका छन् ।

दुर्घटनामा परेका अधिकांश व्यक्तिहरू झारखण्ड र पश्चिम बङ्गालबाट आएका आप्रवासी कामदार भएको बताइएको छ । भारतमा देशव्यापी लकडाउन लगाइएपछि उनीहरू उनीहरू उत्तर प्रदेशमा अलपत्र परेका थिए।

सडक किनारामा रहेको एउटा क्याफेनजिकै रोकिराखेको लरीमा अर्को लरी आएर ठोकिएको थियो।

भारतमा कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले गत मार्च २४ देखि लकडाउन लगाएको छ । त्यसले गर्दा देशभरि आर्थिक गतिविधिमा अवरोध सिर्जना भएको तथा लाखौँ दैनिक ज्यालादारीमा गुजारा गर्ने कामदारहरू प्रभावित भएका छन्।

ठूला सहरबाट आफ्नो गृहराज्य फर्किन आतुर कैयौँ मानिसहरू सयौँ किलोमिटर हिडिँरहेका छन् । कतिपय मानिसहरू सरकारले व्यवस्था गरेका गाडीलाई पर्खिनुको साटो सामान बोक्ने लरीमा लुकेर घर फर्किरहेका छन्।बीबीसी