सांस्केतिक तस्विर
पोखरा, ३ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।
बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएकी महिला कोरोना संक्रमणबाट मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको यो नै पहिलो घटना हो ।