धनुषामा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो

-


     मर्दी न्युज    
     ३ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।

संक्रमतिमध्ये ३६ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । नेपालमा आजै एक २९ वर्षीया महिला कोरोनाका मृत्यु भएको छ । बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।