लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद् वैठक बस्दै

-


     मर्दी न्युज    
     ४ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । जारी लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछन् । दिउसो २ बजे कोरोना भाइरस (कोभिड–१९) रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बसी सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ ।

चैत ११ गतेदेखि विभिन्न चरणमा जारी लकडाउनको अवधि भोलि सोमवार सकिंदैछ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी छ। कोरोना संक्रमणकै कारण सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भइसकेको छ ।

यसअघि उच्च स्तरीय समन्वय समितिको वैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएपनि लकडाउन थप्नुको विकल्प नरहेको एक मन्त्रीले बताए। संक्रमण बढ्दै गएको र मृत्यु समेत भएको अवस्थामा उच्चस्तरीय समितिको सिफारिसअनुसार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय लिनेछ ।