थप ३ जनामा कोरोना, संक्रमितको संख्या २९५

-


     मर्दी न्युज    
     ४ जेष्ठ २०७७ मा प्रकाशित


आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार धनकुटा निवासी ३४ वर्षीय महिला, विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ भने कोरोनाका कारण २ जनाले ज्यान गुमाएको छ । संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।