जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

-


     मर्दी न्युज    
     ४ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले चैत ११ गतेदेखि विभिन्न चरणमा जारी लकडाउनलाई १५ दिन थप गर्ने निर्णय गरेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि बसेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

भोलि सोमबारदेखि लकडाउनको अवधि समाप्त हुँदैछ । आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ।