काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार, इन्स्पेक्टरबाट डीएसपीमा बढुवाका लागि सिफारिस गरिएकाहरुमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली पहिलो नम्बरमा छन् भन् इलाका कार्यालय चापाकोट स्याङ्जाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका जयराम कुईंकेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् ।
जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
यसपटक महिला प्रहरी निरीक्षकको समेत उल्लेख्य संख्या छ । बुढुवा सिफारिस भएका महिला प्रहरी निरीक्षकहरुमा पूर्णिमा कुमारी चन्द, शर्मिला गुरुङ, चञ्चला श्रेष्ठ, रुपा लावुङ रहको छ ।
हेर्नुहोस् सूची