अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका निर्देशक गौतमलाई पितृशोक

-


     मर्दी न्युज    
     ५ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, जेठ ५ गते । नेपाल पर्वतारोहण संघद्वारा संचालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका कार्यकारी निर्देशक तथा पूर्व जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई पितृशोक परेको छ । शंकरबहादुर गौतमका पिता समाजसेवी तथा राजनीतिज्ञ तेजबहादुर गौतमको यही जेठ ३ गते राती आफ्नै निवासमा स्वर्गारोहण भएको छ ।

तेजबहादुर गौतमको निधनप्रति नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले यस दुखद अवसरमा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना प्रटक गरेको छ ।