![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/05/weather-cyclone-amphan-20200515-large-169.jpg?fit=460%2C259&ssl=1)
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा देखिएको शक्तिशाली चक्रवातको असर नेपालसम्म पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । अंपुन नामको शक्तिशाली चक्रवातको असरले नेपालमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
अहिले बंगालको खाडीको मध्य भागमा अंपुन नामको चक्रवात धेरै शक्तिशाली रुपमा विकसित हुँदै गएको र प्रतिघण्टा १३ किलोमिटरको दरले उत्तरतिर सरिरहेको विभागले जनाएको छ।
चक्रवातको प्रभाव मे २१ (चारदिन) सम्म रहनेछ । नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ ।
‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २/३ दिनसम्म देशै भरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।