पोखरा, ५ जेठ । बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलामा गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी आजै मोरङका १ जना पुरुष, गुल्मीका ४१ वर्षीय पुरुष, तथा धनुषा, रौतहट, दाङ र धादिङका एक एकजना गरी ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।
योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।