सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्ति रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ।
४१ वर्षिय उनी सरकारी विद्यालयका शिक्षक रहेको छ । उनी दमको रोगी भएको र अवस्था गम्भीर रहेको बताइएको छ । कोरोना पुष्टि भएपछि थप उपचारका लागि उनलाई भैरहवास्थित भीम अस्पताल लगिएको छ ।