काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नक्सालाई पारित गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।
सोमवार पारित नक्सामा भारतले अतिक्रण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।