भारतमा कोरोना संक्रमतिको संख्या एक लाख नाघ्यो

-


     मर्दी न्युज    
     ६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ६ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो समय द्रुत गतिमा फैलिएको कोरोना संक्रमण मंगलबार बिहानसम्म १ लाख ३३८ जनामा कोरोना पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा ३ हजार १ सय ५६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ६४२ कोरोना संक्रमित थपिएका छन् । ३९ हजार २३३ संक्रमित निको भएर घर फर्किसकेका छन् । भारतको महाराष्ट्र सबैभन्दा प्रभावित प्रान्त हो । यस प्रान्तमा ३५ हजारभन्दा बढी संक्रमित छन् । त्यसैगरी दोस्रो प्रभावित प्रान्त गुजरात हो । गुजरातमा करिब १२ हजार संक्रमित छन् भने दिल्लीमा १० हजारभन्दा बढी संक्रमित छन् ।