फाइल तस्विर
काठमाडौँ । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।
स्वास्थ्य सामग्री लिन सोमवार उडेको निगमको वाइड बडी जहाज स्वास्थ्य सामग्री लिएर आज बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत रहेका छन् । सेनाले यसअघि चीनको ग्वान्झाओबाट शनिबारमात्रै नौ टन स्वास्थ्य सामग्री काठमाडौँ ल्याइसकेको छ ।