लिम्पियाधुरासहितको हाम्रो भूभाग फिर्ता लिएरै छोड्छौंः प्रधानमन्त्री

-


     मर्दी न्युज    
     ६ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताएका छन् ।

मंगलवार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले देखावाटी गर्नका लागि कुनै पनि कदम नचालिएको स्पष्ट पार्दै उनले देखावटी राष्ट्रवादका लागि नगरिएको पनि स्पष्टिकरण दिए ।