कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     ७ जेष्ठ २०७७ मा प्रकाशित


काडमाडौं, ७ जेठ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरीका सो बृत्त सिल गरिएको छ ।

कालीमाटीस्थित वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटिका प्रमुख रुगम कुँबरले बताए ।

टेकुस्थित प्रयोगशालाले मंगलबार एक जना सइ र एक जवानमा कोरोना संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

प्रहरीका अनुसार अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ ।