काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।
विभिन्न सञ्चार माध्यममा उनको मृत्यु भएको खबर प्रकाशन गरेपछि अस्पताल प्रशासनले विज्ञप्ति जारी गरेर खण्डन गरेको हो ।
२ घण्टा अघि देखि प्रदेश सरकारका सामाजिक मन्त्री सुदर्शन बरालको हवाला दिदैं समाचार प्रकाशन भएपछि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन हस्पिटल प्रशासनले विज्ञप्ती निकालेर उनको उपचार भैरहेको जानकारी दिएको छ । विरामीको भेन्टिलेटर राखेर उपचार भैरहेको र स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।