नेपालमा थप २५ जनामा कोरोना संक्रमित, संक्रमितको संख्या ४२७ पुग्यो

-


     मर्दी न्युज    
     ७ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३ वर्षदेखि ४८ वर्षसम्मका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

बुधवार संक्रमण पुष्टि भएकाहरुमा ७ जना महिला र १८ पुरुष रहेको प्रवक्ता देवकोटाले बताए । योसँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५ र ३७) र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।

त्यसैगरी बाँकेमा ६ पुरुष ( नरैनापुरका १७, २०, २८ र ३० वर्ष)का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।