विपन्न ट्रेकिङ तथा पर्यटन मजदुरहरुलाई राहत वितरण

-


     मर्दी न्युज    
     ७ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कोरोना भाइरस (कोभिड(१९)को विश्वव्यापी महामारीको सबैभन्दा धेरै असर पर्यटन व्यवसायमा पर्नगएको सर्बविदितै छ । पर्वतीय पर्यटन (ट्रेकिङ तथा पर्वतारोहण)मा भरिया, नाइके तथा किचन ब्वाईको रूपमा दैनिक ज्यालार मजदुरीमा परिवारको पालनपोषण गर्दै आइरहेका विपन्न र आधारभुत तहमा काम गर्ने जनशक्ति एकदमै मारमा परेका छन ।

त्यसैगरी होटेल, रिसोर्ट तथा रेस्टुरेन्टमा कामगर्दै आइरहेका मजदुरहरु, एकल महिलाहरु तथा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि अहिलेको परिस्थितिले नै पीडित बनाएको छ । २०७६ पौष महिनाबाट नै अधिकांश मजदुरहरु कामबिहिन भएको तर नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को कारण राम्रोसँग कामपाइने र कमाई हुनेमा आशावादी भएका मजदुरलाई निराशा बनायो । यो वर्ष सन २०२० को सुरुदेखि नै कमाई नभएको र अब काम कहिले पाइने भन्नेकुराको पनि कुनै सुनिश्चित नभएकोले धेरै मजदुरहरुको घरमा चुल्हो बल्न नसक्ने अवस्था सृजना भएको छ ।

यसै सन्दर्भमा युवा पर्यटन ब्यवसायी तथा लामा राइजेन ट्रेक्स एन्ड एक्स्पिडिसन प्रा.लि का संचालक छिरिङ्ग लामा शेर्पाको पहलमा Frizzey Light Austria (non-profitable organization) का Mr. Friedeich Greif and Mrs. Christine Jarosch को आर्थिक सहयोग, पोखरा महानगरपालिका वडा कार्यालय वडा नं. ८ तथा एयरपोर्ट टोल विकास संस्थाको मार्गनिर्देशन, नेपाल प्रहरी बिट, सृजना चोकको विशेष सहयोग र मर्दी न्युज टिमको मध्यस्थतामा पोखरा महानगरपालिका वडानं ७ र ८ मा डेरागरि बस्ने अति बिपन्न ट्रेकिङ भरिया र पर्यटन मजदुरहरु गरि जम्मा ११३ परिवारलाई प्रति परिवार एक एक बोरा चामल, एक लिटर खाने तेल, एक प्याकेट नुन, दाल, केराउ एक एक किलोको दरले आज बिहान पोखरा– ८, जनप्रीय क्याम्पसको प्राङ्गणमा वितरण गरिएको थियो ।

उक्त अवसरमा राहात वितरण कसैलाई देखाउन र प्रतिस्पर्धा गर्नुभन्दा पनि संकटको बेला मानवीय सहयोग गर्न पाउदा आफुलाई सन्तोष लागेको छिरिङ्ग लामा शेर्पाले बताउनु भयो । साथै दाताहरु र खाद्यान्न राहत बाड्ने काममा स्वयंसेवक गरि सहयोग पुर्याउने सम्पुर्णमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । तस्विरहरु गंगा घले