नेपालमा थप १७ जना कोरोना संक्रमित

-


     मर्दी न्युज    
     ८ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ८ जेठ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापा कचनकवल गाउँपालिकाका ३, ६, ८ निवासीहरु १५ जना पुरुषहरु (उनीहरु १८ वर्षदेखि ४६ वर्षका पुरुषहरु) र धनकुटा निवासी ३४ वर्षीय एक पुरुष र धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले बिहीवार जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ ।



Tags: