भक्तपुरमा ३.४ म्याग्नेच्युटको भूकम्प

-


     मर्दी न्युज    
     ८ जेष्ठ २०७७ मा प्रकाशित


भत्तपुरको अनन्तलिङ्गेश्वरलाई केन्द्रविन्दु बनाएर ३.४ म्याग्नेच्युटको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको अनन्तलिङ्गेश्वरलाई केन्द्रविन्दु बनाई भूकम्प गएको बताएको छ । भूकम्प मापन केन्द्रले बिहीवार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिएको छ ।