सुजन विकको हत्यारा पक्राउ गरी सार्वजनिक

-


     मर्दी न्युज    
     ८ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ८ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २६ सुन्दरी बजार बस्ने २४ वर्षीय सुजन विकको हत्यारालाई कास्की प्रहरीले आज बिहीवार पक्राउ गरी सार्वजनिक गरेको छ । जेठ ३ गतेदेखि वेपत्ता भएको तीन दिन पछि मृत अवस्थामा भेटिएका युवकको प्रकाश घर्तीमगर र थमन पुनमगरले हत्या गरेको पत्रकार सम्मेलनमा कास्की प्रहरीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले सुजन विक मादकपदार्थ सेवन गरी होहल्ला गर्दै हिंडेको अवस्थामा होहल्ला नगर्न सुझाव दिंदा अपशब्द बोलेकाले उनीहरु बीच विवाद भई प्रकाश घर्तीमगर र थमन पुनमगरले हत्या गरेको बताए । हत्यामा संलग्नहरु विद्युतको काम गर्ने प्रमुख कार्कीले बताए ।

युवकको शव पोखरा २७ अर्घौचोकदेखि अर्चले जाने बाटोको झन्डै ३ सय मिटरभित्र मकै बारीमा गाडिएको अवस्थामा फेला परेको थियो ।

गत शनिबार १२ बजेदेखि हराएका ती युवाको शव अर्घौमा एक फर्निचर पसल पछाडि बारीमा गाडिएको अवस्थामा फेला परेको थियो । मादी ११ का विक पोखरा २६ सुन्दरीबजारस्थित परिवारसहित बहालमा बस्दै आएका थिए । तस्विरः खेम गुरुङ