पोखरा । नेपालमा थप ९ जना कोरोना संक्रमण पुुष्टि भएको छ । संक्रमितहरु झापाका ८ जना पुरुष र रुपन्देहीको १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकारसम्मेलन मार्फत जानकारी दिए ।
योसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । आजै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् ।
पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेको प्रवक्ता देवकोटा जानकारी दिए । निको भएर घर फर्किनेमा ४९ पुगेको प्रवक्ता डा. देवकोटाले बताए ।
मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षणहरु भएको छ । यसैगरी बिहीवारसम्म रेडजोनमा ४ सय १२ जना रहेको मन्त्रालयले जनाएको छ ।