बाँके र कपिलवस्तुका थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो

-


     मर्दी न्युज    
     ८ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ८ जेठ । बाँके र नेपालगञ्जमा गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार बाँके नैरनापुर ३ का ३२ वर्षीय पुरुष र खजुरा ३ निवासी ४२ वर्षीया महिलामा तथा कपिलवस्तु सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । आजै बिहान १७ जना र दिउँसो ९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।