यस्तो छ आगमी तीन दिनको मौसम

-


     मर्दी न्युज    
     ९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । हाल बंगलादेशको आसपासमा अवस्थित चक्रवात “अंपुन“ कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशको पूर्वी भू–भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू–भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू–भागका १/२ स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राती देशको पहाडि भु–भागमा सामान्य बदली रही बांकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडि भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

शनिवार देशको मध्य तथा पूर्वी भू–भागहरुमा सामान्य बदली र पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आईतबार देशको मध्य तथा पूर्वी भू–भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको संभावना रहेकोले सतर्कता अपनाउनहुन अनुरोध गरेको छ ।