थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

-


     मर्दी न्युज    
     ९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ९ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।

शुक्रवार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

यसैगरी संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । सर्लाहीमा १८ वर्षीया युवतीसहित २२ वर्षदेखि ३९ वर्षसम्मका १४ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।

बर्दघाटन सुस्त पूर्व विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ पुगेको छ ।

त्यस्तै आजै संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ६, केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले जनाएका छन् । त्यस्तै नवलपरासी सुस्त गाउँपालिका ५ र मणिग्राम नगरपालिका ३ का ३३, ३५ वर्षका पुरुष र १५ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवि गाउँपालिकाका ८ वर्षीय बालिकासहित २४ वर्षदेखि ५३ वर्षसम्मका ८ पुरुषलाई संक्रमण पुष्टि भएको छ ।